हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ८३ हजार कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रब्चरको २३ करोड ४६ लाख, नेपाल रि इन्स्योरेन्सको १७ करोड १८ लाख, ग्रीन डेभलपमेन्ट बैंकको १५ करोड २० लाख, हिमालयन पावरको १३ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स