काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
मंगलबार, दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६.९८४१२६९८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य ५७१.४१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य २२७३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य १९८९.५० रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुला हुनेछ ।