काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५५ लाख ५९ हजार कित्ता सेयर ८ अर्ब ३९ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, महालक्ष्मी विकास बैंकको ९.९८%, वीन नेपाल लघुवित्तको ८.८०%, ज्योति विकास बैंकको ३.३५%, सांग्रिला डेभलपमेन्ट बैंकको ३.११%, आरबीबी म्यूचल फण्डको ३.१०%, ग्रीन डेभलपमेन्ट बैंकको २.४०%, एनआईसी एसिया व्यालेन्स फण्डको २.१६%, कर्पेरेट डेभलपमेन्ट बैंकको २.१०%, प्रभु बैंक डिबेन्चरको २%, बीओके डिबेन्चरको २ प्रतिशतले सेयर मूल्य बढेको छ ।