दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कमपनीले चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, विराटनगर, विरेन्द्रनगर, धनगढी, लमजुङ, सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स