१० अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९० लाख ४१ हजार कित्ता सेयर १० अर्ब १० करोड १८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब १२ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १ अर्ब ८ करोड १ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३४ करोड १७ लाख, घलेम्दी हाइड्रोको ३१ करोड ५७ लाख, फर्स्ट माइक्रो फाइनान्सको २६ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स