नेप्सेमा गिरावट आएपनि दुई कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । बुधबार, नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ३३ लाख ४१ हजार कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्त र गार्डियन माइक्रो लाइफमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
उन्नति सहकारीको ९.९५%, माउन्टेन हाइड्रोको ८.८२%, गुराँस लघुवित्तको ७.४२%, सामुदायिक लघुवित्तको ६.५६%, सगरमाथा जलविद्युतको ४.९५%, कुमारी सबल योजनाको ४.७४%, सिन्धु विकास बैंकको ४.६२%, सुपर मदी हाइड्रोपावरको ४.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स