करिब १३ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार, नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ६३ लाख ८९ हजार कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब ९ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ६४ करोड ३५ लाख, सिन्धु विकास बैंकको ४७ करोड १३ लाख, घलेम्दी हाइड्रोको ३९ करोड १० लाख, युनिभर्सल पावर कम्पनीको २७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स