पियोर इनर्जीको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आज फागुन २० गतेदेखि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको १०० रूपैयाँ अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पुँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन बन्द छिटोमा चैत ५ गते हुनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासित सेयर ढिलोमा चैत २० गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,सिद्धार्थ बैंकका शाखा कार्यालयहरु खजुरा,न्यूरोज, नेपालगञ्ज र विपी चोक,कुमारी बैंकका शाखा कार्यालयहरु चिसापानी,खजुरा,कोहलपुर सुर्खेत रोज नेपालगञ्ज र रिमझिम बजार र खजुरा गाउँपालिकामा रहेको सौर्य विद्युत उत्पादन केन्द्रमा आवेदन बुझाउन सक्नेछन् ।

कम्पनीले धितोपत्र निष्काशनबाट प्राप्त पुँजी नबिल बैंक र स्ट्याण्डर्ड बैंकको कर्जा भुक्तानी गर्न र धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न उपयोग गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार २ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

कम्पनीले आईपीओ निष्काशन गर्न गत फागुन २ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

प्रतिक्रिया

हेडलाइन्स