एक कम्पनीमा सर्किट लाग्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । सोमबार, नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड १२ लाख ४१ हजार कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गार्डियन माइक्रो लाइफमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
दिव्यश्वरी हाइड्रोपावरको ९.४५%, सिन्धु विकास बैंकको ७.८४%, हिमालयन रि इन्स्योरेन्सको ७.२५%, मुक्तिनाथ म्यूचल फण्डको ६.४७%, नेशनल लाइफ इन्स्योरेन्सको ६.१७%, बोटल्र्स नेपाल (बालाजु)को ५.४६%, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.२३%, नेपाल वायर हाउजिङको ४.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स