पल्लभी लुब्रिकेन्टस्ले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टसको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा निष्काशन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानी ज्यूको उपस्थित रहेको थियो ।

पल्लभी लुब्रिकेन्टस् लिमिटेड कम्पनी विगत ४ वर्षदेखि मोरङ जिल्लाको कटहरी गापा वडा नं ०४ मा केन्द्रिय कार्यलय रही सोही ठाउँमा आफ्नो उत्पादन प्लान्ट ९उद्योग० स्थापना गरी करिब ४० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिई करिब ३० वटा गुणस्तरीय वस्तु उत्पादन गरीरहेको कम्पनी हो ।

प्रतिक्रिया

हेडलाइन्स