काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ११ लाख १० हजार कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८९ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ८० करोड ६७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड ९४ लाख, घलेम्दी हाइड्रोको ३८ करोड ९७ लाख, सीईडीबी होल्डिङस्को ३१ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।