हिमालयन डेष्टिलरीसहित दुई कम्पनीको साढे ५६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन डेष्टिलरीसहित दुई कम्पनीको साढे ५६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार, दुई कम्पनीको गरि कुल ५६ लाख २९ हजार ६७२.१०३६ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा, डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको ९.५० प्रतिशतले हुन आउने कुल १६ लाख २० हजार ८८७.१३३६ कित्ता सेयर सूचीकृत भएको छ ।

हिमालयन डेष्टिलरी लिमिटेडको १५ प्रतिशतले हुन आउने कुल ४० लाख ८ हजार ७८४.९७ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

हेडलाइन्स