नेप्से २९ अंकले बढ्दा यी ६ कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । सोमबार, नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८० लाख ८१ हजार कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखेरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंकको , गार्डियन माइक्रो लाइफ, दिव्यश्वरी हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

ग्लोबल आईएमई ब्यालेन्स फण्डको ९.४९%, भूगोल इनर्जीको ९.४६%, समाज लघुवित्तको ८.५१%, वाराही हाइड्रोपावरको ८.१० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स