काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य ७६५.४५ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको कारोबार खुला हुनेछ ।