काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मुल्य १०० रूपैयाँ दरका २० लाख ८० हजार कित्ताले हुन आउने २० करोड ८० लाख रूपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एस.के. इनर्जी डेभलपमेन्टले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।