काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलसहित तीन कम्पनीको १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार, मन्दाकिनी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सोल्टी होटलको गरि कुल १ करोड २ लाख १० हजार ४८९.१८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा मन्दाकिनी हाइड्रोपावरको लिमिटेडको ५ प्रतिशतले हुन आउने कुल ३ लाख ७ हजार ९८४.३३ कित्ता सेयर सूचीकृत भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको लिमिटेडको ५ प्रतिशतले हुन आउने कुल ६ लाख ११ हजार ६०५.८५ कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, सोल्टी होटल लिमिटेडको १० प्रतिशतले हुन आउने कुल ९२ लाख ९० हजार ८९९ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।