काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता सेयर बिक्रीमा राखिएको छ।
यसअघि कम्पनीले उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म आंशिक मात्रामा सेयर खरिदका लागि मात्रै आवेदन परेपछि बाँकी रहेको सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न चाहने इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।