आज अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६९ लाख १७ हजार कित्ता सेयर ८ अर्ब ९१ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जोशी हाइड्रोपावरको ९.९८%, सामुदायिक लघुवित्तको ८.३०%, मध्यभोटेकोशी जलविद्युतको ८.२५%, न्यादी हाइड्रोपावरको ८.१९%, उपकार लघुवित्तको ८.१२%, कालिका पावरको ८.०५%, हिमालय उर्जा विकास कम्पनीको ६.३७%, खानीखोला हाइड्रोपावरको ५.५३%, बुद्वभूमि नेपाल हाइड्रोपावरको ५.२४%, समलिङ पावरको ५.१४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स