काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
मंगलबार, नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६९ लाख १७ हजार कित्ता सेयर ८ अर्ब ९१ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएन इन्फ्राष्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २६ करोड ८४ लाख, हिमालय उर्जा विकास कम्पनीको २५ करोड ४० लाख , हिमालयन रि इन्स्योरेन्सको २१ करोड ४१ लाख, पिपल्स् हाइड्रोपावरको १९ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।