काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित दुई कम्पनीको २४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, नेशनल लघुवित्त र रुरु जलविद्युतको गरि कुल २४ लाख ८५३.८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडको १४.२५ प्रतिशतले हुन आउने कुल १६ लाख ६० हजार ८६८.४० कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, रुरु जलविद्युत परियोजना लिमिटेडको १५ प्रतिशतले हुन आउने कुल ७ लाख ३९ हजार ९८५.४८ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।