काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५१ लाख ४ हजार कित्ता सेयर ७ अर्ब ८५ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्राष्ट्रक्चरको २१ करोड ३८ लाख, युनाइटेड इदी मर्दीको १९ करोड ५५ लाख , सिन्धु विकास बैंकको १७ करोड १६ लाख, हिमालयन रि इन्स्योरेन्सको १६ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।