काठमाडौं । बिहीबार, नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १७ लाख ३५ हजार कित्ता सेयर ५ अर्ब ९२ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बोटल्र्स नेपाल (बालाजु), वीन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावरमा १०% र अप्पर हेवाखोला हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
एनआईसी एसिया सेलेक्ट फण्डको ९.०९%, पीपल्स् पावरको ६.६५%, बुद्वभूमि नेपाल हाइड्रोपावरको ६.४३%, भूगोल इनर्जीको ५.८८%, सेन्चुरी डिबेन्चरको ५.५८%, सिक्लेस हाइड्रोपावरको ५.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।