काठमाडौं । बिहीबार, नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५७ लाख २३ हजार कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, वाराही हाइड्रोपावर, हिमालयन पावर पार्टनरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
रिभर फल्स्को ८.१९%, न्यादी हाइड्रोपावरको ८.११%, केबीएल डिबेन्चरको ५.६०%, सिनर्जी पावरको ५.६०%, सिन्धु विकास बैंकको ४.७५%, एनआईसी एसिया ब्यालेन्स फण्डको ४.४६%, सिंगटी हाइड्रो इनर्जीको ४.०३%, कालिका पावरको ३.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।