काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५७ लाख २३ हजार कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सुपर मदी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४४ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सिनर्जी पावरको २८ करोड ३२ लाख, सिन्धु विकास बैंकको २५ करोड २४ लाख , हिमालयन पावरको १९ करोड ८८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।