करिब ५ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ८६ हजार कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिभर फल्स्को १७ करोड ३६ लाख, रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख, एनआरएन इन्फ्रास्ट्रकचरको १२ करोड ७९ लाख, नेपाल फाइनान्सको ११ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स