साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ९ लाख ७८ हजार कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रभु बैंक सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५० करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको २२ करोड ३९ लाख, सपोर्ट माइक्रो फाइनान्सको १५ करोड ३९ लाख, कुमारी बैंकको १४ करोड ८९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स