काठमाडौं । सोमबार, नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० अंक विन्दुमा आइपुगेको छ ।
आज ८९ लाख ९० हजार कित्ता सेयर ४ अर्ब ४३ करोडमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सपोर्ट माइक्रोफाइनान्स, सुपर मदी हाइड्रोपावरमा १० प्रतिशत, वाराही हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
बलेफी हाइड्रोपावरको ९.९३%, नेपाल हाइड्रो डेभलपर्सको ९.८६%, सयपत्री हाइड्रोपावरको ८.७२%,युनिलिभर नेपालको ७.८०%, नारायणी डेभलपमेन्ट बैंकको ७.६४%, जोशी हाइड्रोपावरको ७.२०%, इष्टर्न हाइड्रोपावरको ६.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।