काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ अंक विन्दुमा आइपुगेको छ ।
आज ९८ लाख ३२ हजार कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २११ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, कर्णली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख, नेपाल फाइनान्सको १० करोड २२ लाख, एनआरएन इन्फास्ट्रक्चरको ८ करोड ६ लाख, जोशी हाइड्रोपावरको ७ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।