काठमाडौं । दुई लघुवित्तसहित तीन कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।
विजय लघुवित्त, गणपति लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
जसमा विजय लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गणपति लघुवित्तको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।