साढे ४ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८९ लाख ३९ हजार कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १५ करोड ८ लाख, रिभर फल्स्को १२ करोड ४५ लाख, बेष्ट फाइनान्सको १० करोड ४ लाख, दोल्ती पावरको ९ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स