नेप्सेमा दुई कम्पनीको करिब साढे ४५ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको करिब साढे ४५ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावरको गरि कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने कुल ४२ लाख ९६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने कुल २ लाख २८ हजार ८२६ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स