काठमाडौं । मंगलबार, नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ अंक विन्दुमा आइपुगेको छ ।
आज ८७ लाख ६८ हजार कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जोशी हाइड्रोपावरको ७.६७%, खानीखोला हाइड्रोपावरको ७.५३%, गणपति लघुवित्तको ६.९१%, उपकार लघुवित्तको ६.२७%, महिला लघुवत्तको ६.२५%, सामुदायिक लघुवित्तको ५.८०%, इमर्जिङ नेपालको ५.२४%, भगवती हाइड्रोपावरको ४.९१%, न्यादी हाइड्रोपावरको ४.७०%, कालिन्चोक दर्शनको ४.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।