काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साथै, बैठकले कम्पनीको १३ औं साधारण सभा पुस २८ गते डाकेको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस ८ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।