अर्विट इनर्जीले आईपीओ निष्काशन गर्ने

काठमाडौं । अर्विट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा आह्जान गरेको छ ।

कम्पनीले प्रथम वार्षिक साधारणसभा पुस १७ गते काठमाडौंको हाडिगाउँस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा डाकेको हो।

सभामा स्थानीय तथा सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने, कर्जा लिने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स