साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १५ लाख २३ हजार कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको २७ करोड ९१ लाख, जोशी हाइड्रोपावरको १२ करोड ४६ लाख, जानकी फाइनान्सको ११ करोड १७ लाख, एलआईसी नेपालको १० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स