आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७३ लाख ९२ हजार कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, खानीखोला हाइड्रोपावरको ९.९८%, दोल्ती पावरको ८.७७%, केबीएल डिबेन्चरको ८.१४%, स्वाभिमान लघुवित्तको ७.८९%, मोलुङ हाइड्रोपावरको ६.५०%, एनआरएन इन्फास्ट्रक्चरको ४.९८%, अप्पर लोहोरे खोला हाइड्रोपावरको ४.४६%, एनआईबीएल स्टेबल फण्डको ३.९७%, मुक्तिनाथ डिबेन्चरको ३.९४%, नेपाल फाइनान्सको ३.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स