साढे ७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७३ लाख ९२ हजार कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १५ करोड ६८ लाख, रिभर फल्स्को १५ करोड ६५ लाख, खानी खोला हाइड्रोपावरको २० करोड ११ लाख, बेष्ट फाइनान्सको १२ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स