काठमाडौं । मार्जिन ट्रेडिङ लगायतका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) सम्बोधन गर्ने सन्तोषनारायण श्रेष्ठले बताएका छन् । स्टक डिलर एसोसिएसन अफ नेपालको साधारण सभामा आयोजित कार्यक्रममा उनले सेबोले उचित समस्याको विषयमा सम्बोधन गर्ने बताएका हुन् ।
आजको कार्यक्रममा उनले आफ्रले नेतृत्व गरेपछि सेबोनमा संस्थागत सुधारको काम थालिसकेको जानकारी गराए । पुँजी बजारलाई नेतृत्व गरेर नयाँ उचाइमा पुर्याउन संस्थागत सुदृढीकरणमा जोडिदिएको बताए ।
उनले भने ‘सेबोन ब्रोकरको समस्या समाधान गर्न तयार छ । सर्वसाधारणको कारोबारको हिसाबको राफसाफ समयमै हुनुपर्छ। यसले लगानीकर्ताको विश्वास बढाउँछ । लगानीकर्ताको चासो पनि यहीं छ ।’
लगानीकर्ताको हित मुख्य विषय भएकाले बोर्ड बजारमा हुने म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ, कर्नरिङ लगायतका गलत कामलाई रोक्न कति पनि नहिच्किचाउन समेत बताए ।
उनले भने ‘ब्रोकर र बजारका समस्या समाधान गर्न सेबोन तयार छ । हामीभन्दा माथिल्लो निकायबाट हुने काममा पनि सहकार्य गर्न तयार छु ।’