काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा एनआरएन इन्फास्ट्रक्चरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १११५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १०६१.९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, फर्स्ट माइक्रो फाइनान्सको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७३१.१९ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।