काठमाडौं । सोमबार, नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोड ५८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बेष्ट फाइनान्सको ९.९१%, सुपर मदी हाइड्रोपावरको ९.९१%, कर्पेरेट डेभलपमेन्ट बैंकको ९.८५%, स्वाभिमान लघुवित्तको ९.७८%, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.६९%, विन्ध्यावासिनी हाइड्रोपावरको ८.५९%, एनएलजी इन्स्योरेन्सको ७.४८%, थ्री स्टार हाइड्रोपावरको ७.२०%, कर्णाली डेभलपमेन्ट बैंकको ५.६६%, प्रोगेशिभ फाइनान्सको ४.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।