साढे ६ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोड ५८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५४ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, बेष्ट फाइनान्सको २५ करोड २९ लाख, नेपाल फाइनान्सको २० करोड ३१ लाख, एनआरएनको १५ करोड ६४ लाख, हाथ्वे इन्भेष्टमेन्टको १५ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स