काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहारो अंकले घटेको छ ।
आइतबार, नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५२ लाख कित्ता सेयर ७ अर्ब ७२ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६० करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको ४० करोड ३३ लाख, ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख, बेष्ट फाइनान्सको २३ करोड ९८ लाख, रसुवागढी हाइड्रोपावरको १८ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।