काठमाडौं । गरिमा क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजना निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृत दिएको छ । बोर्डले आज मंसिर ५ गते क्यापिटलले पहिलो पटक निष्काशन गर्न लागेको उक्त योजनाको लागि स्वीकृत दिएको हो ।
यो गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल अन्तर्गत पहिलो बन्दमुखी योजना हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्काशन हुन कम्पनीले जनाएको छ । कम्पनीले अहिले १० करोड रुपैयाँको इकाई निष्काशन गर्न लागेको हो । उक्त योजना अन्तर्गत निष्काशन गर्न लागिएको प्रति इकाईको मूल्य १० रुपैयाँ पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईलले जानकारी दिएका छन् ।
सो इकाई न्यूनतम ५० करोड र अधिकत साढे १२ करोडसम्म सकारिने जनाइएको छ । उक्त योजनाको अवधि १० वर्षको हुनेछ ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी० प्रवाह गर्दै आएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तो गरिमा समृद्धि योजना