काठमाडौं । आइतबार, नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ४४ लाख कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, उन्नति सहकारी, स्वाभिमान लघुवित्तमा १०%, अपर हेवा खोला जलविद्युतमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
मान्डु हाइड्रोपावरको ९.७१%, वाराही हाइड्रोपावरको ९.२९%, जनउत्थान सामुदायिक लघुवित्तको ८.९६%, भगवती हाइड्रोपावरको ८.४३%, ङादी ग्रुप पावरको ८.३५%, नारायणी डेभलपमेन्ट बैंकको ७.८५%, जानकी फाइनान्सको ७.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।