तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १६ लाख कित्ता सेयर १० अर्ब ३२ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

ङादी ग्रुप पावरको ९.७९%, माछापुच्छ्रे बैंकको ९.५६%, केबीएल डिबेन्चरको ९.३८%, धौलागिरी लघुवित्तको ८.७०%, अभियान लघुवित्तको ८.२७%, समलिङ पावरको ७.६२%, विन्ध्यवासिनी हाइड्रोपावरको ७.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स