साढे १० अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १६ लाख कित्ता सेयर १० अर्ब ३२ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, न्याङदी ग्रुप पावरको ३१ करोड ६ लाख, समृद्वि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख, पीपल्स् हाइड्रोपावरको १९ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स