करिब ८ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार, नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६७ लाख कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुडवील फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, बेष्ट फाइनान्सको २९ करोड २५ लाख, आँखु खोला जलविद्युतको २५ करोड ५९ लाख, जानकी फाइनान्सको २० करोड ५९ लाख, पिपल्स् हाइड्रोपावरको १९ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स