नेप्सेमा एक लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । बुधबार, आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा कम्पनीको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १०६९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ९३५.६७ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स