काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, बलेफी हाइड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५१३.२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।