दसैंमा घर गएकाहरु काठमाडौं भित्रदै, बढ्न थाल्यो चहलपहल

काठमाडौं । दसैंको अवधी अझै केहि दिन बाँकी रहेको छ । मान्यजनको हातबाट पूर्णीमाको दिनसम्म टिका लगाउने चलन छ । तर दसैंकै लागि घर गएाकाहरु भने अब धेरै उपत्यकामा फिर्ता भैसकको प्रहरीले जनाएको छ । धेरै मानिसहरु फर्कनेक्रम जारी छ ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल समेत छ ।

दसैँमा सुनसान देखिएका सङ्घीय राजधानी काठमाडौँका सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानाकारी दिए ।

उनका अनुसार सोमबार उपत्यकाका सडकमा निजी सवारी साधन बढी देखिएका छन् । दसैँ अवधिमा काठमाडौँ उपत्यकामा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराल बताए ।

उनले भने ‘अन्य वर्षको तुलनामा यो वर्ष काठमाडौँ उपत्यकामा ठूला सवारी दुर्घटना भएनन् । हाम्रा लागि यही राम्रो कुरो हो । दसैँ सबैले राम्रोसँग मनाउन पाए, हामी खुसी छौँ ।’ अहिले यहाँका सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स